शनिबार, बैशाख १५, २०८१

बाली बिमा प्रभावकारी भएन

बनेपा, २० पुस । व्यावसायिक तरकारीखेती हुने काभ्रेपलाञ्चोकमा बाली बिमा प्रभावकारी हुन सकेको छैन । बालीमा लागतको मात्रै बिमा हुने र जोखिम पनि कम हुने भएकाले कृषि क्षेत्रको बाली बिमा प्रभावकारी हुन नसकेको कृषि प्राविधिज्ञले बताएका छन् । “कृषकले लगाएपछि सबैको बाली बिमा हुनुपथ्र्यो तर लागतको मात्रै बिमा हुने प्रावधान छ, त्यसैले पनि यसमा आकर्षण बढ्न सकेको छैन,” जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले बताए ।

कृषकको नियन्त्रणबाहिरका प्राकृतिक जोखिमबाट बालीमा हुने क्षति, हानि, नोक्सानीविरुद्ध कृषकलाई आर्थिक सुरक्षा प्रदान गर्ने पद्धति नै बाली बिमा हो । बाली बिमाबाट खेतीमा असिनाबाट हुने क्षति, किरा तथा रोगबाट हुने नोक्सानी, बाढी, डुबान, खडेरी, आँधीबेहरी, तुषारोबाट हुने क्षति लगायतबाट बाली बचाउन कृषकका लागि बाली बिमा लाभदायी हुन्छ ।

प्रकाशित मिति: सोमवार, पुस २०, २०७२