शुक्रबार, बैशाख १४, २०८१

गोब्रे च्याउनको उत्पादन सुरु

दाङ २० पुस । जिल्लामा पहिलो पटक गोब्रे च्याउको व्यवसायीक उत्पादन गर्न थालिएके छ । जिल्ला कृषि विकास कार्यालय दाङको व्यवस्थापन तथा पहलमा जिल्लाका ८ स्थानमा गोब्रे च्याउको उत्पादन थालिएको हो ।
पहिलो पटक भएकाले यसलाई पाइलट उत्पादनको रुपमा जिल्लाका ८ स्थानमा उत्पादन थालिएको छ कार्यालयका वालि संरक्षण अधिकृत पिताम्ब्र बस्नेतले भने यसको परिक्षणको लागि कार्यालयमा समेत उत्पादन थालेका छौ । उनले कार्यालयले वीउ र प्रविधिको सहुलियत गरेर तुलसीपुर क्षेत्रमा २ स्थानमा, नारायणपुर क्षेत्रमा ३ स्थानमा , रामपुर क्षेत्रमा २ स्थानमा र कार्यालयमा गरेर आठ स्थानमा गोब्रे च्याउको उत्पादन सुरु गरिएको जानकारी दिए । जिल्लामा अन्य प्रजातीका च्याउहरुको व्यवसायीक उत्पादन बढे पनि गोब्रेको भने पहिलो पटक जिल्लामा पाइलट उत्पादन गरिएको हो अधिकृत वस्नेतले भने ७ स्थानमा किसानहरुले यसको व्यवसायिक उत्पादन सुरु गरेका छन भने कार्यालयमा पनि यसको उत्पादन थालिएको छ । कार्यालयले ८० हजार रुपैया ती क्षेत्रहरुका लागि अनुदानमा खर्च गरेको छ । अन्य प्रजातीका च्याउ भन्दा उपयोगी हुने उत्पादन राम्रो र व्यवसायीक उत्पादन गर्न सके मुल्य पनि अरुभन्दा डबल रहने भएकाले यसलाई किसानमाझ लगेर उत्पादनलाई व्यवसायीकरण गर्ने तयारी कार्यालयले गरेको बस्नेतले वताए ।
उनले जिल्लामा कन्या च्याउको राम्रो उत्पादन र बजार रहेका भन्दै गोब्रे च्याउको पनि उत्पादन बढाउन सके राम्रो बजार पाउने वताए । गोब्रे च्याउको माग अत्यधिक रुपमा रहेको छ बस्नेतले ने यसलाई व्यवसायीकरण गर्न सकियो भने आम्दानी समेत राम्रो हुने देखिन्छ । अहिले पनि गोब्रे च्याउको ५ सय रुपैया केजी सम्ममा वजार मुल्य रहेको छ । यसको उत्पादन गर्न प्रविधि अलि लामो र झण्जेटिलो छ तर पनि उत्पादन गर्न सके राम्रो छ बस्नेतले भने पहिलो चरणको च्याउ उत्पादनको अन्तीम चरणमा पुगिसकेको छ । जिल्लामा अहिले कन्या च्याउनको व्यवसायीक उत्पादन भइरहेको छ । कन्या च्याउको व्यवसायीक उत्पादनमा किसानहरु समेत आकर्षित भइरहेको कृषि कार्यालय जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७१/७२मा १३ हजार ५सय हेक्टर क्षेत्र फलमा च्याउ खेती भएको थियो भने वार्षिक रुपमा ४६ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष पनि त्यसकै हाराहारीमा च्याउको उत्पादन हुने अनुुमान कार्यालयले गरेको छ । – गोपाल शर्मा

प्रकाशित मिति: सोमवार, पुस २०, २०७२