मङ्लबार, बैशाख ११, २०८१

पाँच करोडको सुन्तला बिक्री

बागलुङ,  २० पुस । सुन्तलाखेतीको लागि पकेटक्षेत्र मानिने जिल्लाको बिहुँ गाविसबाट यो वर्ष रु पाँच करोड बराबरको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर त्यहाँका किसानले मनग्य आम्दानी भित्र्याएका छन् । जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लबप्रसाद अधिकारीकाअनुसार बिहुँमा रहेका साढे चौध हजार सुन्तलाका बोटमध्ये योवर्ष ६ हजार बोटमा सुन्तला फलेका छन् । एउटै बोटमा ५० देखि ५०० किलोसम्म सुन्तला फल्ने गरेको बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलको भनाइ छ । कँडेलले आफुले ९० क्विन्टल सुन्तला बिक्री गरेको बताए ।

प्रकाशित मिति: सोमवार, पुस २०, २०७२