शनिबार, बैशाख १५, २०८१

किसान कै घरमा मह महोत्सव

दाङ, ८ पुस । महोत्सव गर्न टुंडिखेल वा हल नै चाहिन्छ भन्ने छैन भन्ने कुरालाई दाङ्गका एक किसानले महको महोत्सव बुझाउन आफ्नै घरमा मह महोत्सवको आयोजना गरी पुष्टि गरिदिएका छन् । जिल्लाको बिजौरी गाविस हेमन्तपुरका ८३ वर्षीय देवमणि देवकोटाले आफ्नै घरको बारीमा मह महोत्सव आयोजना गरेका हुन् । मौरीपालन व्यवसायलाई बढवादिन र मौरीबाट उत्पादन हुने महको महत्व सबैलाई बताउन महोत्सव आयोजना गरिएको उनले बताए ।
विगत १६ वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका देवकोटाका अनुसार स्थानीय युवा विदेशीनबाट रोक्न, व्यवसायप्रति आकर्षण बढाउन तथा महको महत्व र उपयोगिताबारे जानकारी गराउन महोत्सव आयोजना गरिएको हो । विसं २०५७ देखि चार घारबाट व्यवसाय थालेका देवकोटाले महको बजारीकरणमा समस्या आएको देखेर यसको महत्व बुझाउन घरमै मह महोत्सवको आयोजना गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७२