शनिबार, बैशाख ८, २०८१

तरकारीमा विषादी प्रयोग घट्दै

काभ्रे, ६ पुस । तरकारीमा अत्यधिक विषादी प्रयोग गरिने जिल्लाका रुपमा विगतका रुपमा चर्चित रहेका काभ्रेपलाञ्चोकमा यतिखेर तरकारी खेतीमा विषादीको खपत घटदै गएको छ । विगतका बर्षहरुमा भन्दा यो बर्ष रासायनिक विषादी प्रयोगमा किसानहरुले न्यूनिकरण गरेका छन् । रासायनिक विषादी प्रयोग गरिएका तरकारीहरु काठमाडौंका कालीमाटी तरकारी बजारमा विक्री वितरण गर्न रोक लगाईपछि किसानहरु जागरुक भएका हुन् ।
अघिल्लो वर्ष ४६ मेट्रिक टन विषादीको खपत भएको जिल्लामा अहिले घटेर ४० मेट्रिक टन पुगेको छ । प्रयोग हुने विषादीमध्ये सबैभन्दा बढी ढुसीनाशक विषादी तरकारी बालीमा प्रयोग हुने गरेको छ । अहिले ढुसीनाशक विषादी जिल्लामा ७१ प्रतिशत मात्रै तरकारी बालीमा प्रयोग भएको देखिन्छ ।
कृषकले गोलभेँडा, आलु, काउलीलगायत तरकारी बालीमा ढुसीनाशक विषादी बढी प्रयोग गरेका कारण यसको खपत पनि बढेको हो । जिल्लामा किटनाशक विषादीको रुपमा साइपर मेथिन, नोभानलगायत र ढुसीनाशक विषादीका रुपमा डाएथेन एम ४५, किरनोशल गोल्ड, बेवस्टिनलगायत विषादी कृषकले प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमवार, पुस ६, २०७२