शनिबार, बैशाख १५, २०८१

झापामा कृषि चुन वितरण

काँकडभिट्टा, ९ पुस । झापाको शिवसताक्षी नगरपालिकामा रासायनिक मल प्रयोगका कारण माटोको उर्वराशक्ति घटेको भन्दै नगरपालिकामा सञ्चालित सन्देश मूल कृषक समूहमा आवद्ध कृषकलाई जिल्ला कृषि विकास कार्यालयको सहयोगमा किसानलाई ४२० बोरा कृषि चुन दिइएको छ ।
चुन ढुवानीका लागि माटो व्यवस्थापन निर्देशनालय, हरिहर भवन काठमाडौँले पनि सहयोग गरेको थियो ।     कृषि चुनले माटोको उर्वराशक्ति बढ्ने हुँदा जिल्लामै कृषिका लागि उर्वर मानिने शिवसताक्षीमा प्रतिकिसान रु २५० लिएर सन्देश समूहले चुन वितरण गरेको हो । जिल्ला कृषि विकास कार्यालय तथा कृषक समूहको पहलमा थप ५० टन कृषि चुनको माग गरिएको कार्यालयका प्रमुख मेघराज तिम्सिनाले बताए ।

प्रकाशित मिति: बिहिबार, पुस ९, २०७२