शुक्रबार, बैशाख २१, २०८१

प्राङ्गारिक मलमा सरकारी अनुदान

भक्तपुर, २५ मङ्सिर । भारतीय नाकाबन्दीले रासायनिक मलको हाहाकार व्यहोर्दै आएका भक्तपुरका किसानलाई सरकारले प्राङ्गारिक मलको लागि अनुदान उपलब्ध गराएको छ ।
सरकारले कृषि विकास मन्त्रालयअन्तर्गतको माटो व्यवस्थापन निर्देशनालयमार्फत जिल्लालाई रु २० लाख बजेट उपलब्ध गराएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा उक्त प्राङ्गारिक मल उपलब्ध गराउन लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
रासायनिक मलको विकल्पको रूपमा प्राङ्गारिक मल अनुदानमा दिन लागेका र यसको लागि सरकारले प्राङ्गारिक मल अनुदान (जिल्लास्तर) कार्यविधि समेत तयार गरेको कार्यालयले जनाएको छ । सोही कार्यविधिको आधारमा किसानलाई सूचीकृत प्राङ्गारिक मलमा मात्रै अनुदान दिइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २५, २०७२