बिहिबार, बैशाख १३, २०८१

दाङमा मह उत्पादन बढ्यो

दाङ, २५ मंसिर । दाङ जिल्लामा गतवर्षको तुलनामा ४० प्रतिशतले मह उत्पादन बढेको छ । महको लागि उर्वर मानिने दाङ्गमा पछिल्लो समयमा माहुरीको गोलामा वृद्धिसँगै मह उत्पादन पनि गतवर्षको तुलनामा यसवर्ष बढेको हो ।
जिल्ला माहुरीपालन सङ्घका अनुसार गतवर्ष छ हजार माहुरीका गोलाबाट प्रतिगोला १५ किलोका दरले ९० मेट्रिक टन मह उत्पादन भएको थियो । । उत्पादन बढ्नुको कारण तोरीखेती फस्टाउनु, सयममै पानी पर्नु र मह उत्पादन गर्ने समयमा तापक्रम एकैनास हुनु जस्ता कारण रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २५, २०७२