शनिबार, बैशाख ८, २०८१

करोडौंको सिँचाइ अलपत्र

पर्वत, २२ मङ्सिर । जिल्लाको लिमिठाना गाविसमा निर्माण भएको सातमुले–लिमिठाना–बारास्थान सिँचाइ आयोजनाको नहर प्रयोगमा आउन सकेको छैन । करोडाँै रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको एक सिँचाइ नहर प्रयोगमा आउन सकेको छैन ।
ठेकेदार कम्पनीको लापर्बाही र कुलो निमार्ण गर्दा त्रुटि भएका कारण नहरमा पानी नचढेपछि प्रयोगबिहीन बनेको हो । स्थानीय उपभोक्ता समिति र जिल्ला सिँचाइ डिभीजन कार्यालयले समेत उचित निगरानी नगर्दा करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २२, २०७२