शुक्रबार, बैशाख १४, २०८१

अदुवा किसान मर्कामा

प्यूठान, १४ मङ्सिर । जिल्लाको दक्षिणी क्षेत्रमा किसानले उत्पादन गरेको आर्गानिक अदुवा यसवर्ष भारत निर्यात गर्न नपाउँदा यहाँका सयाँै कृषक मर्कामा परेका छन् ।
अन्य व्यवसाय छोडी व्यावसायिक अदुवा खेतीमा लागेका ढुङ्गेगढी, हङ्सपुर, बाङगेसाल, मर्काबाङ र तिराम गाविसका कृषकले उत्पादन गरेको अदुवाले बजार नपाउँदा बारिमै कुहिने अवस्था आएको छ ।
आर्गानिक रूपमा अदुवा उत्पादन गर्दैआएका २२० जना र रासायनिक मलको प्रयोग गरेर अदुवा उत्पादन गर्दै आएका यस क्षेत्रका ५०० कृषकले उत्पादन गरेको अदुवा भारत निकासी नहँुदा समस्यामा परेको ऐरावती बहुउद्देश्य साना किसान सहकारी संस्थाका अध्यक्ष चिन्तबहादुर शोमैले बताएका छन् ।
यस क्षेत्रमा उत्पादित अदुवामध्ये ९० प्रतिशत भारतीय बजारमा निर्यात हुने गरेको थियो । गतवर्ष मात्रै ८० टन अदुवा निर्यात गरेको ऐरावती बहुउद्देश्य साना किसान सहकारी संस्थाले यस पटक १०० टनसम्मको अदुवा भारतीय बजारसँगै कृष्णनगर, रुपेडियासँगै नवलपरासीलगायतका क्षेत्रमा निर्यात गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति: सोमवार, मंसिर १४, २०७२