बिहिबार, चैत्र १५, २०८०

‘हेलीकोभर्पा’ले कोदो सखाप

खोटाङ, १४ मङ्सिर । ‘हेलीकोभर्पा’ नामक किराको प्रकोपका कारण जिल्लामा पाक्न लागेको कोदो सखाप भएको छ ।
हरियो, कफी र हल्का रातो रङ्गको विनाशकारी लार्भाले जिल्लाका सयाँैं हेक्टरका टिप्ने बेलाको कोदो विनास गरेको हो ।
गत कात्तिक पहिलो सातायता देखा परेको ‘हेलीकोभर्पा’ नामक किराको प्रकोपका कारण छोटो समयमै दक्षिणी गाविस बोपुङ, डम्बर्खुसिवालय, काहुले, बाँझेच्यानडाँडालगायत सदरमुकाम दिक्तेलमै लगाइएको कोदो नाश गरेको किसानले बताएका छन् । कोदोमा महामारीकारूपमा फैलिएको लार्भाको परीक्षणपछि ‘हेलीकोभर्पा’ भएको पुष्टि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउ ।

प्रकाशित मिति: सोमवार, मंसिर १४, २०७२