शुक्रबार, बैशाख २१, २०८१

काठमाडौंका किसानले मल पाएनन्

काठमाडौँ, ८ मंसिर । मुलुकको राजधानी शहर काठमाडौंमा नै रासायनिक मल अभाव भएपछि काठमाडौंको काँठ क्षेत्रका किसानहरु धान भित्र्याएर गहुँ लगाउन पाएका छैनन् । जसका कारण काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै हुने सम्भावना बढेको छ ।
हाल काठमाडौँ जिल्लामा २१ हजार २०० हेक्टर जमिनमा किसानले खेती गरिरहेका छन् । शहरी क्षेत्रका कारण खण्डिकरण हुँदै गईरहेको अवस्थामा पनि यति धेरै जमिनमा खेती भईरहँदा पनि किसानहरुलाई मल सहज बनाउन तर्फ राज्यले ध्यान दिन सकेको देखिंदैन ।
धान भित्र्याएपछि गहुँ लगाउन मलको खोजीमा लाग्दा पाउन नसकेपछि काठमाडौं जिल्लाका किसानहरु खेत बाँझै राख्न बाध्य हुनुपरेको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ८, २०७२