बुधबार, बैशाख २६, २०८१

पूर्वाञ्चलमा मलको अभाव

विराटनगर ८ मंसिर । तराई आन्दोलनका कारण तराईकै जिल्लामा रासायनिक मल अभाव भएपछि पूर्वाञ्चलमा गहुँ खेती गर्न ढिलाई हुने संकेत देखिएको छ । भारतको अघोषित नाकावन्दी एवं तराई केन्द्रित राजनीतिक दलहरुका कारण कोलकत्ता बन्दरगाहमा थन्किएर बसेको ३० हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल नेपाल नभित्रदा किसानहरु मारमा परेका हुन् । पूर्वाञ्चलमा गत बर्षभन्दा यो बर्ष रासायनिक मलको माग बढेको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ८, २०७२