बिहिबार, बैशाख १३, २०८१

रासायनिक मल भित्रिए पछि किसान दङ्ग

दाङ, ८ मंसिर । लामो सयमदेखिको नाकावन्दीका कारण गहुँ छर्न नपाएका दाङ्का किसानहरुलाई मल भित्रिएपछि खुशी देखिएका छन् । वीरगन्जमा थन्किएको रासायनिक मल कृषि सामग्री कम्पनी लि दाङ र कृषि विकास कार्यालयको सिफारिसमा वीरगन्जमा पुगी सहकारीहरुले जिल्लामा ल्याएपछि गहुँ छर्ने समयमा रासायनिक मलको चरम अभाव भोगिरहेका किसानलाई केही राहत मिलेको हो ।
किसानले गहुँलगायत अन्य खेतीका लागि रासायनिक मलको माग गर्न थालेको र आफूहरूले मल अपलब्ध गराउन नसकेपछि कृषि सामग्री कम्पनीले सहकारीलाई मल ल्याउने जिम्मा दिएको थियो ।
सो जिम्मेवारी पाएपछि दाङ्क सहकारीहरुले ३६ टन रासायनिक मल दाङमा ल्याएका थिए । त्यति मलले सबै किसानलाई नपुगे पनि केही हदसम्म किसानलाई राहत मिलेको किसानहरुले बताएका छन् ।
नाकावन्दीका कारण रासायनिक मल नपाउने भएपछि किसानले भने कुखुराको मल तथा अन्य प्राङ्गारिक मलको प्रयोग गरी गहुँखेती लगाएका थिए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ८, २०७२