शुक्रबार, बैशाख २१, २०८१

६० हजार स्याउका बिरुवा माग

मुस्ताङ, ६ मंसिर । स्याउको राधजानीका रुपमा चिनिएको मुस्ताङ्ग जिल्लाको स्याउको पकेटक्षेत्र मानिने मार्फा, टुकुचे, जोमसोम र कागबेनी क्षेत्रबाट ६० हजार स्याउको बिरुवा माग भएको छ । कम परिश्रममै आकर्षक आम्दानी गर्न सकिने भएपछि जिल्लामा अहिले व्यक्तिगतसंँगै सामूहिक र सहकारीको माध्यमबाट स्याउखेती गर्ने क्रम बढेको छ । यी क्षेत्रमा अहिले १० भन्दा बढी सहकारीले समेत स्याउखेती गर्दै आएका छन् । पुस महिनादेखि स्याउको बिरुवा वितरण गर्ने भएकाले जिल्ला कृषि विकास कार्यालयले किसानबाट निवेदन माग सुरु गरेको छ । अहिलेसम्म जिल्लाभरका किसानबाट ६० हजारको हाराहारीमा बिरुवा माग आएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर ६, २०७२