शुक्रबार, बैशाख २१, २०८१

आलुको बीउ अनुदानमा वितरण

म्याग्दी, ६ मंसिर । विभिन्न कृषि बस्तुहरुको बीउ अनुदानमा वितरण गर्ने क्रममा जिल्ला कृषि विकास कार्यालयले भने किसानहरुलाई ३१ मेट्रिक टन आलुको बीउ अनुदानमा वितरण गरेको छ ।
हिउँदे याममा आलुखेती गर्ने किसानहरुलाई स्रोत केन्द्रदेखि सेवा केन्द्रसम्मको ढुवानी अनुदानमा आलुको बीउ वितरण गरिएको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्रिशूली बीउ आलु उत्पादक कृषक समूह नुवाकोटबाट ल्याइएको एमएस ४२ जातको बीउलाई ६०० बढी किसानलाई ढुवानी अनुदानमा प्रतिकिलो रु ३५ मा उपलब्ध गराइएको जनाएको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर ६, २०७२