शुक्रबार, बैशाख २१, २०८१

पशुपालक किसान विस्थापित हुने खतरा

चितवन, ५ मंसिर। चितवनमा फस्टाउंदै गईरहेको पशुपालन व्यवसाय धरापमा पर्ने संकेत देखिएको छ । केही समय पहिले गाईपालन गर्ने किसानको संख्या चितवनमा ह्वात्त बढेको थियो । यतिखेर नाकावन्दीका कारण दानाका अभाव, मिल्क होलीडे, परालको अभावका कारण किसानहरुमा नैराश्यता पैदा भएको छ । विदेश जाने चाहन र भएको जागिर छाडेर चितवनमा ५० वटा गाई पालेर बसेका कृष्ण भण्डारी अहिले दैनिक ३ हजार भन्दा बढी घाटा खाएर गाईपालन गरिरहेकाछन् । उनी भन्छन् स्वदेशमा नै केही गर्ने इच्छा थियो तर , स्रोत साधनको अभाव, सरकारी नीतिका कारण आफूमा नैराश्यता पैदा भएको उनको धारणा छ । उनी जस्तै दर्जनौं पशुपालनमा संलग्न रहेका किसानहरु पलायत तर्फ उन्मूख भएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०७२