शुक्रबार, बैशाख १४, २०८१

कृषि उपजमा परनिर्भरता पुष्टि

काठमाडौ, १ मंसीर । भारतले गरेको अघोषित नाकावन्दीका कारण नेपालीहरुको महान चाड दशैं, तिहार र छठ समेत प्रभावित बनेको छ । यी पर्वहरुमा अत्यधिक उपभोग गर्ने फलफूल, माछा, मासु, तरकारी र तिहारमा प्रयोग हुने मसला, सयपत्री, गोदावरी,मखमली फूल, मिठाई बनाउन आवश्यक कच्चा पदार्थ, खाना पकाउने तेल लगायतका सामग्री निर्भर रहनु परेको पुष्टि गरेको छ ।
नेपालमा फलफूल, तरकारी, माछामासु, पुष्प खेती आदिको प्रचुर सम्भावना भएता पनि कुषिलाई व्यवसायिकरण गर्न नसक्दा नाकाबन्दीको सोझो असर नेपाली खाद्य बजारमा देखिएको उपभोक्ताहरुको धारणा छ । देशमा हरेक जिल्लामा उत्पादित तरकारी तथा खाद्य सामाग्रीलाई बजारसम्म ल्याई बिक्रि गर्ने सहज वातावरण सरकारले नमिलाउँदा विगतमा भन्दा यो बर्ष दशैं तिहारमा नेपाली जनताले खाद्यान्नको चरम महंगीमा मनाउनु परेको गुनासो समेत उपभोक्ताले गरेका छन् ।
कृषि विज्ञहरुका अनुसार नेपाल कृषि प्रधान राष्ट्र भएता पनि कृषि उत्पादन कम र यसको महंगो मूल्यमा बाहिरी बजारबाट आयात गरी व्यापार गर्ने प्रवृद्धि बढ्दै गएकोले भारतको नाकाबन्दीको सीधा असर नेपालीको चुलोसम्म देखिएको हो । यसपालिको तिहारमा फूलको कुनै कमि नहुँने फ्लोरीकल्चर एसोसियसनले बताएता पनि बजारमा फूलमालाको अभावका कारण महंगो मूल्यमा उपभोक्ताले फूलमाला खरिद गर्न बाध्य भए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १, २०७२