शुक्रबार, चैत्र १६, २०८०

रसुवामा माटो परीक्षण शुरु

रसुवा, १ मंसीर । यथेष्ट कृषि उत्पादन बढाई आत्मनिर्भरतामा सहज बनाउन जिल्लाका विभिन्न भागमा माटो परीक्षणकार्य सुरु भएको छ । वरिष्ठ जिल्ला कृषि विकास अधिकृत रमेश हुमागाइँका अनुसार जिल्लाका १८ गाविसमध्ये लाङटाङ र हाकुबाहेक सबैमा माटो परिक्षणकार्य सुरु गरिएको हो । जिल्लास्तरमा जनशक्ति उत्पादन गर्न क्षेत्रीय माटो प्रयोगशाला हेटौँडाका विज्ञले यहाँका सबै कृषि प्राविधिकलाई तालिमसमेत प्रदान गरि सकेका छन् । जिल्लास्तरमा पहिलो पटक सञ्चालित माटो परीक्षण कार्यकाले किसान उत्साहित भएका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

माटोको उर्वरा शक्ति कम देखिएको पाँच सय स्थानको माटो परीक्षण कार्य भइसकेको र हिमाली भेगका ग्रामीण किसानलई स्थानीयस्तरमै सेवा पु¥याउन लहरे पौवा, धैपुङको कालिफखान, धुन्चे, स्याफ्रुवेशी र टिमेरेमा माटो सङ्कलन तथा परीक्षण केन्द्र तोकिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

यस्तै कृषकमाँझ खेतबारी जोत्ने कामका लागि हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १, २०७२