आइतवार, बैशाख १६, २०८१

स्थानीय गाई संरक्षण गरिँंदै

चितवन, २९ कात्तिक । स्थानीय जातका गाई लोप हुँदै गएपछि देवघाट क्षेत्रको बागेश्वरीमा गाई संरक्षण केन्द्र स्थापना गरी गाईपालन गरिंँदै आएको छ ।
विसं २०४९ मा योगी नरहरी नाथले स्थानीय गाई सङ्कलन गरेर सुरु गरेको संरक्षण केन्द्र दाताबाट सञ्चालन हँुदै आएको छ । दुईवटा गाईबाट सुरु गरिएको केन्द्रमा हाल २०० गाई पुगेका छन् । केन्द्रका संयोजक टङ्कनाथ पौडेलका अनुसार रु एक लाख दान गरेका १४ जना संरक्षक, रु ११ हजार दान गरेका १०० जना आजीवन सदस्य, वार्षिक रुपमा पराल उपलव्ध गराउने १५ जना तथा चोकर उपलब्ध गराउने २० जना दाताको सहयोगमा गाईको पालन पोषण हँुदै आएको छ । केन्द्रले सो रकमबाट गाई संरक्षणका लागि रु २१ लाखको अक्षय कोष समेत स्थापना गरेको छ । गाईको दूध गौसेवक र बाच्छा, बाच्छिलाई दिइन्छ भने मुत्र सङ्कलन गरी प्रशोधन गरेर ‘अर्क’ बिक्री गरिँदै आएको छ । हाल केन्द्र आफैले प्रशोधन गरेर प्रतिलिटर रु ३०० मा ‘अर्क’ बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक २९, २०७२