बिहिबार, चैत्र १५, २०८०

किसानलाई ४ करोड अनुदान

रुपन्देही, २९ कात्तिक । जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक वर्षमा यहाँका किसानले करिव ४ करोड रुपैयाँ अनुदान स्वरुप पाउने भएका छन् ।
किसानलाई कृषि औजार, उपकरण, बीउविजन, मलखाद खरिददेखि लिएर युवा लक्ष्यित कार्यक्रम अन्तर्गत विभिन्न व्यवसाय सञ्चालन र प्रवद्र्धनका लागि उक्त रकम प्रदान गर्न लागिएको हो । आर्थिक वर्ष २०७२÷७३ मा जिल्ला कृषि विकास कार्यालयबाट कुल ६ करोड ९ लाख ९७ हजार रुपैयाँ विनियोजन भएकामा कुल बजेटको ६४.७ प्रतिशत रकम अर्थात् कुल ३ करोड ९३ लाख रकम अनुदान स्वरुप किसानलाई प्रदान गर्ने गरी विनियोजन गरिएको वरिष्ठ कृषि विकासले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक २९, २०७२