बिहिबार, बैशाख १३, २०८१

पाँचथरको अदुवाको भाउँ पाएन

पाँचथर,  २९ कार्तिक । अदुवाको भाउँमा कमी आएपछि सुदूरपूर्वी पहाडी जिल्लाका कृषक चिन्तित बनेका छन् । गत वर्ष तीन हजार रुपैयाँ प्रतिमनमा बेचेको अदुवा यस वर्ष एक हजार प्रतिमनमा पनि बिक्री नहुँदा कृषक चिन्तित बनेका हुन् ।

पूर्वका पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटा लगायत जिल्लाका कृषकले उत्पादन गर्ने अदुवा झापाहुँदै भारतसम्म पुग्ने गर्दछ ।

तर यस पटक सीमा अबरोधका कारण अदुवा निर्यातमा समस्या हुँदा बारीमै रहेको छ । भाउ नभएकै कारण कृषकले बारीबाट  अदुवा नखनेका हुन् ।

गत वर्ष पाँचथरमा ७ हजार १ सय ७४ मेट्रिक टन उत्पादन भएकोमा ६० प्रतिशत अदुवा जिल्ला बाहिर पठाइएको थियो ।

प्रकाशित मिति: आइतवार, कार्तिक २९, २०७२