शनिबार, बैशाख १५, २०८१

फौजी किराका कारण किसान चिन्तामा

गोरखा, १८ कात्तिक । धान भित्र्याउने बेलामा धानमा बाला नलागेपछि चिन्तामा परेका किसानहरु भित्र्याउने बेला कोदोको बालामा फौजी किरा फैलिएपछि गोरखाका किसान मारमा परेका छन् । स्वाँरा, सौरपानी, बारपाक, ताकुकोट गाविसमा लगाइएको कोदो बालीमा फौजी किरा फैलिएको हो । झुसिलकिराजस्तै देखिने किराले कोदोको दाना, बोट सखाप पारेको सौरपानी गाविसका किसान चिन्तामा परेका हुन् ।
“झुसिलकिराको लार्भाजस्तै किराले कोदो सखाप बनाएपछि किसान चिन्तित देखिएका हुन् ।  किसानले टिपेर घरमा भण्डारण गरेको कोदोको बालामा पनि किरा देखिएको छ ।
समूहमा हिँड्ने किरा भएकाले यस्ता किरालाई गाउँले फौजी अर्थात् ‘आर्मी किरा’ पनि भन्छन् । बारपाक–१ को पोखरी गाउँ, सौरपानी–८ को रञ्चोक, कुलगाउँ, शिम्भू, स्वाँरा गाउँ, ताकुमाझ लाकुरीबोट, ताकुकोट क्षेत्रमा पनि फौजी किराले कोदो सखाप बनाएको छ । यी गाउँमा मुख्य बालीको रुपमा कोदोको खेती हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १८, २०७२