आइतवार, बैशाख १६, २०८१

प्यूठानका किसानले मूल्य पाएनन्

प्यूठान, २९ असोज । दशैं नजिकिंदै गर्दा प्यूठानमा तरकारीको मूल्य उच्च भएको भएपनि किसानहरुल बजार अनुरुपको मूल्य पाएका छैनन् । जिल्ला बाहिरबाट आपूर्ति बन्द भएपछि तरकारीको मूल्य हालसम्मकै उच्च भएको हो । जिल्लामा तरकारीको उत्पादन कम हुनु र जिल्ला बाहिरको आपूर्ति झन्डै एक महिनादेखि बन्द हुँदा तरकारीको मूल्य उच्च भएको हरिओम कृषि सहकारी संस्था तथा तरकारी सङ्कलन केन्द्रले जनाएको छ ।
जिल्लामा सबैभन्दा धेरै तरकारीको वितरण तथा सङ्कलन गर्दै आएको यस सङ्कलन केन्द्रसँगै अन्य सङ्कलन केन्द्रमा तरकारी मूल्य हालसम्मकै उच्च भएका जनाएको छ । जिल्लामा फूलगोभी, बोडी, करेला, सिमीलगायतका तरकारीको मूल्यमा तेब्बरले वृद्धि भएको छ । फूलगोपीको खरिद मूल्य प्रतिकिलो रु ९८ तथा बिक्री मूल्य रु सय पुगेको छ ।
त्यस्तै बोडीको खरिद मूल्य रु ९५ र बिक्री मूल्य ९७ रुपैयाँ ५० पैसासम्ममा पुगेको छ । सिमी खरिद मूल्य ९० र बिक्री मूल्य रु ९२ सम्ममा पुगेको छ । करेलाको खरिद मूल्य रु ६५ र बिक्री मूल्य रु ६७ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज २९, २०७२