शुक्रबार, चैत्र १६, २०८०

खाद्यबाट खसी बोकाको बिक्री सुरु

काठमाडौँ, २९ असोज । दशैको समयमा सहज रुपमा उपभोक्ताहरुलाई खसी वोका विक्री गर्नका लागि खाद्य संस्थानले दसैँका लागि खसी बोकाको बिक्री वितरण आजबाट सुरु गरेको छ ।
थापाथलीमा रहेको गोदामबाट संस्थानले काठमाडौं उपत्यका बासीहरुलाई लक्षित गरी खसी बोकाको बिक्री सुरु गरेको हो । हेटौँडा, चितवनलगायतका क्षेत्रबाट ल्याइएको खसी बोका र मुस्ताङबाट ल्याएको च्याङ्ग्रा बिक्रीमा राखिएको संस्थानले जनाएको छ ।
उनका अनुसार मुस्ताङबाट ल्याइएको ६९२ च्याङ्ग्रा र तराईका विभिन्न ठाउँबाट ल्याइएको ३८१ खसी बोका बिक्रीमा राखिएको संस्थानले जनाएको छ । च्याङ्ग्राको मूल्य ६३० प्रतिकिलो र खसी बोकाको ४२५ देखि ४३५ किलोसम्ममा बिक्री भइआएको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएकाले आवश्यक मात्रामा खसी बोका र च्याङ्ग्रा भित्रिन सकेको छैन ।
खाद्य संस्थानले यस वर्ष खाद्य बजार भने राखेको छैन तर खाद्य संस्थानको उपत्यकामा रहेका नख्खु, जावलाखेल, थापाथलीलगायतका क्षेत्रमा रहेका भण्डारबाट चामलमा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिने व्यवस्था मिलाएको छ  ।

प्रकाशित मिति: शुक्रबार, अशोज २९, २०७२