शनिबार, बैशाख ८, २०८१

कञ्चनपुरमा धान घट्ने

कञ्चनपुर, २८ असोज । बढ्दो रोगकिराको प्रकोप र प्रर्याप्त पानी नपर्दा यस बर्ष कञ्चनपुरमा धानको उत्पादनमा कमी आउने भएको छ  ।  रोग किराको प्रकोप, नहरमा प्रर्याप्त पानी नछाडनु र धानको बाला लाग्ने बेला एक महिनासम्म पानी नपर्दा धानको उत्पादनमा कमी आउने भएको हो । कृषि विकास कार्यालयका अनुसार असोज महिनाको हालसम्म धान भित्र्याउने कृषकको सङ्ख्या ७० प्रतिशतको हाराहारीमा हुनुपर्नेमा १० प्रतिशतले मात्रै भित्र्याउन पाएका छन् ।
“धानको उत्पादनमा १५ देखि २० प्रतिशतले कमी आउने अनुमान गरेका छाँै” वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले बताए  ।
कृषकले साबित्ति, राधा–४, जानकी, राममपुर मन्सुली, खुख्खा–३, सर्जु ५२, हर्दिनाथ–१, स्वर्ण सब–१ लगायतका उन्नतजातका धानको खेती गर्दै आएका छन् ।
छ बर्षदेखि निरन्तररुपमा धानको उत्पादनमा औषतरुपमा १० प्रतिशतले ह्रास आएको छ । ञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लाका  झलारी–पिपलाडी नगरपालीका, बेलौरी नगरपालीका, पूर्नवास नगरपालीका, भीमदत्त नगरपलीका, बेलडाँडी नगरपालीका, कृष्णपुर नगरपालीकालगायतका क्षेत्र धान उत्पादनका दृष्टिकोणले राम्रा मानिन्छन् ।

प्रकाशित मिति: बिहिबार, अशोज २८, २०७२