सोमवार, बैशाख २४, २०८१

बङ्गुर व्यवसायी बजार खोज्दै

रुपन्देही, १३ असोज । पछिल्लो समयमा फस्टाउँदै गएको बंगुर पालन व्यवसाय धरापमा पर्ने हो कि भन्दै व्यवसायीहरु चिन्तित हुन थालेका छन् । रुपन्देही जिल्लामा बंगुर पालन बढ्दै गएका कारण मासु उत्पादनमा बृद्धि भएको मासु खपतमा कमीआएपछि बंगुर पालनमा लागेका किसानहरु बजारको खोजीका लागि भौतारित थालेका छन् ।bangur
जिल्लामा बङ्गुरपालक किसानले उत्पादनलाई जिल्लाभित्रै नयाँ बजारको पहिचान गरी मुख्य, मुख्य बजार क्षेत्रमा बिक्री केन्द्र स्थापना गर्न सामूहिक रूपमा लागेका छन् ।
बङ्गुर व्यवसायी सङ्घका अध्यक्ष खेमराज गुरुङले बङ्गुरको मासु जिल्लामा पछिल्लो समय वृद्धि भएपछि जिल्ला पशुसेवा कार्यालयको सहयोगमा बङ्गुर मासु बिक्री तथा स्टोर केन्द्र निर्माण गर्न थालिएको भएपनि खपत भने बढ्न सकेको छैन । उनका अनुसार अनुसार जिल्लामा दैनिक तीन टन मासु उत्पादन हुने गरेको छ । व्यावसायिक रूपमा बङ्गुरपालनप्रति बढ्दै गएको आकर्षणसँगै बजार अभावका कारण बंगुर पालनका लागेका किसानहरु पलायत हुने हो कि भन्ने शंका उब्जन थालेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज १३, २०७२