शनिबार, बैशाख १५, २०८१

काभ्रेका कुकुरलाई बन्ध्याकरण शुरु

काभ्रेपलाञ्चोक, १३ असोज । अन्तर्राष्ट्रिय रेविज दिवस सकिन नपाउँदै काभ्रेपलाञ्चोक जिल्लामा भुस्याहा कुकुरलाई नपुङ्सक बनाउन अभियान थालिने भएको छ ।
भुस्याहा कुकुरका कारण आतङ्क फैलिएको र जथाभावी मानिसलाई टोकेको र त्यसबाट रेबिजको जोखिम बढेकाले त्यस्तो अभियान सञ्चालन गर्न लागिएको जिल्ला पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । dog
पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा शरणराज पाण्डेले पहिलो चरणमा जिल्लाका एक हजार भुस्याहा कुकुरलाई सन्तान उत्पादनमा रोक लगाउन भाले कुकुरलाई नपुङ्सक र पोथी कुकुरलाई बन्ध्याकरण गरिने जानकारी दिएका छन् । उनले अभियानका रूपमा जिल्लाका पाँच नगरपालिका र ७६ गाविसमा स्थानीय निकायसँग समन्वय गरेर नपुङ्सक बनाउन अभियान थालिने बताए ।
पशु चिकित्सक मणि सापकोटाले काभ्रेपलाञ्चोकमा झन्डै तीन हजार भुस्याहा कुकुर भएको हुनसक्ने अनुमान गर्दै अभियान सफल हुनका लागि स्थानीय निकायले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: बुधबार, अशोज १३, २०७२