शुक्रबार, बैशाख १४, २०८१

मोवाईल जानकारीमा रमाउदै किसान

काठमाडौं, १० श्रावण । कृषि गर्ने व्यक्ति नपढ र शिक्षित मात्र हुन्छन् र उनीहरुले मात्र गर्नु पर्दछ भन्ने हाम्रो समाजलाई मात्र होइन कृषि कार्यालय वा सेवा केन्द्रका कर्मचारीहरुलाई समेत पछिल्लो समयमा व्यवसायिक कृषिमा लागेका किसानहरुले तीनछक्क पारिदिएका छन् । कुनै समयमा खेती किसानीका कुराको जानकारी लिन कि त कृषि कार्यालय नै पुग्नु पर्दथ्यो कि भने नजिकैको जेटिजेटिएको घर दैलोमै पुग्नु पर्दथ्यो । अहिले त्यो अवस्था छैन । farmer
किसानहरु प्रविधिसँग रमाउन थालेका मात्र होइन आफूलाई चाहिने कृषिका सम्पूर्ण ज्ञान पनि यही प्रविधिकै माध्यमबाट जानकार लिन थालेका छन् । त्यसमाथि पनि पछिल्लो समयमा कृषि विकासका लागि मन्त्रालय मातहतमा नै विभिन्न परियोजनाहरु सञ्चालनमा आएपछि यसले किसानहरुलाई अझ प्रभावकारी बनाईदिएको छ । दुई साता अगाडि कृषि विकास मन्त्रालयले विश्व वैकको सहयोगमा सञ्चालन गरेको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले कृषि मौसम सल्लाह सेवा किसानहरुको मोवाइलमा नै पढाउन थालेपछि धेरै किसानहरुलाई यसले सहयोग पु¥याएको छ । नेपालगञ्जको वाँकेबाट शुरु भएको यो अभियान आयोजना लागू भएका अन्य जिल्लामा पनि विस्तारै गरिने आयोजना निर्देशक शिवनन्दन शाहले कृषिलाई बताए । वाँकेका किसानहरुलाई यो आयोजनाले उपलब्ध गराएको मोवाईलमा हरेक दिन मौसमको पूर्वअनुमान सहित सम्भावित अन्य जानकारी मात्र दिँदैन यसले किसानहरुलाई सुरक्षित रहन सचेत समेत गराउँदै आईरहेको छ ।
सो आयोजनाले कृषि सूचना प्रणाली मार्फत यो कार्य हुँदै आईरहेको छ । किसानहरुको हातमा रहेको मोवाईल सेटमा मौसमको बारेमा जानकारी सहित किसानहरुले तत्कालै गर्नुपर्ने कार्यहरुको बारेमा समेत जानकारी दिने गरिएको छ । सवैभन्दा महत्वपूर्ण कुरा के छ भने किसानहरुलाई पठाउने सन्देशमा फरक फरक जिल्लामा सोही ठाउँको मौसम अनुसार कै फरक फरक सन्देशरु सम्प्रेषण गर्ने गरिएको शाहले बताए । गत असार २४ गते कृषि सचिव उत्तमकुमार भट्टराईले वाँकेमा कृषि मौसम सल्लाह सेवा बुलेटिन औपचारिक रुपमा शुरुवात गरिएपछि आयोजना हरेक हप्ता बर्षा, तापक्तम , सापेक्षित आद्रैता सहितको जानकारी किसानहरुलाई उपलब्ध गराउँदै आएको छ । यसले किसानहरुलाई कुनै समस्या भएमा आयोजनाले उपलब्ध गराएको मोवाईल कै माध्यमबाट तत्काल समस्या समाधान गर्ने जानकारी प्राप्त हुने छ ।
प्रविधिसँग खेल्दै किसानहरु यतिखेर आफ्नो कृषि व्यवसायलाई अगाडि बढाउँदै आईरहेका छन् । यसले किसानहरुलाई सेवा केन्द्र वा जिल्ला कृषि कार्यालयसम्म पुगेर जानकारी लिने समयको सदुपयोग मात्र होइन श्रम र समय दुवैको बचत समेत भएको छ । प्रशिक्षर्थी पत्रकार – गोविन्द कोइराला

प्रकाशित मिति: आइतवार, साउन १०, २०७२