मङ्लबार, बैशाख ११, २०८१

कमिशनको चक्करमा WFP लाई पछ्याउ“दै FAO

काठमाडौं । कुहिएको चामल भूकम्प पीडितलाई बाँडेको विश्व खाद्य कार्यक्रमलाई पछ्याउँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी कृषि विकास मन्त्रालयलाई साक्षी राखी दातृ निकायहरुले किसानहरुलाई धानको बीउ, बर्षे खेतीका लागि आवश्यक तरकारी लगायतका वीउहरु, कृषि उपज भण्डारणका लागि आवश्यक ब्यागहरु गुणस्तरहीन बाँड्दा पनि सरोकारवाला निकाय कृषि विकास मन्त्रालय कानमा तेल हालेर बसिरहेको छ । fao news jogo
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले दिएपछि जे पनि राम्रो भन्ने सोचका कारण किसानहरु मारमा परिरहेका छन् । त्यसैको फल यतिखेर किसानले त भोगका छन् नै त्यसको दूरगामी असर कृषि विकास मन्त्रालयलाई पर्ने पनि देखिएको छ । भूकम्प पीडित किसानहरुलाई राहतका नाममा सहयोग गर्नेहरुले कृषि विकास मन्त्रालयसँग समन्वय गरेर मात्र वीउ वितरण गर्न भनिएपनि कतिपय गैरसरकारी संस्थाहरुले त कृषि विकास मन्त्रालयलाई थाहा नै नदिई बीउ लगायतका किसानका लागि आवश्यक अन्य बस्तुहरु पनि वितरण गरिरहेका छन् । साना गैरसरकारी संस्थाको त कुरै छाडौं संयुक्त राष्ट्र संघ खाद्य तथा सुरक्षा संगठन FAO ले बाँडेको धानको बीउ नै गुणस्तरहीन फेला परेपछि धार्दिङ्ग, गोर्खा, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा लगायतका जिल्लामा त्यसको चर्को विरोध समेत भएको थियो । उम्रेको धानको बीउ वितरण भएको समाचार कृषिले समेत प्रकाशन ग¥यो । भूकम्प पीडित किसानहरुले कुनै पनि कष्ट बेहोर्नु नपरोस् भन्ने अभियानमा जुटेका कृषि सचिव उत्तमकुमार भट्टराईले उम्रेको बीउ वितरणमा संलग्नलाई तत्काल कार्वाही गर्न वीउ वितरण गर्ने जिम्मेवारी लिएको राष्ट्रिय बीउ विजन कम्पनीलाई निर्देशन पनि दिए । भूकम्प पीडितलाई धानको बीउ सहयोग गर्न तत्परता देखाएको संयुक्त राष्ट्र संघ खाद्य तथा सुरक्षा संगठन FAO ले करीव एक करोड रुपैयाँ बराबरको धानको बीउ सहयोग गरेको भएपनि विश्व खाद्य कार्यक्रमलाई पछ्याउँदै कमिशनका कारण नै गुणस्तरहीन बीउ किसानलाई बाँडिएको तथ्य बाहिर आएको थियो ।
यतिखेर फेरि संयुक्त राष्टू संघ खाद्य तथा सुरक्षा संगठन (FAO) विवाद आएको छ । किसानहरुलाई बीउ तथा खाद्यान्न सुरक्षित गर्नका लागि अमेरिकन प्रविधिबाट फिलिपिन्समा बनेको सुपर ग्राण्ड व्याग भन्दै भक्तपुरमा भूकम्प पीडितहरुको खेतमा गहुँ काट्न पुगेका कृषि मन्त्रालयका कर्मचारीहरुकै आँखा अगाडि कृषि सचिव उत्तमकुमार भट्टराईमार्फत FAO ले नै नक्कली प्लाष्टिक व्याग वितरण गर्न सफल भयो ।FAO का पदाधिकारीहरु कमिशनको चक्करमा परेर सचिवलाई भक्तपुरमा नक्कली ब्याग त विरतण गर्न सफल भए तर त्यो धेरै दिन टिक्न सकेन । सचिवले बाँडेको ब्यागमा राखिएको अन्न उम्रिन थालेपछि यो रहस्य सार्वजनिक भएको छ । FAO ले सुपरग्राण्ड व्यागका नाममा ४ महिना भन्दा बढी सुरक्षित गर्न नसकिने नेपालमा नै उत्पादन भएको PICS Bag लाई नै Super Grain Bag  भन्दै किसानहरुलाई वितरण गर्न थालिएपछि सक्कली FAO को नक्कली काम पर्दाफास भएको हो ।
नार्क लगायत विभिन्न सम्वन्धित सरकारी निकायबाट प्रमाणित भएको सुपर ग्राण्ड ब्याग भन्दै नक्कली प्लाष्टिक किसानहरुलाई वितरण गरेर अन्याय गरिरहेको FAO का प्रतिनिधिले नक्कली व्याग वितरणको कुरा बाहिर नल्याउन केही वितरकहरुलाई फकाउन तल्लीन रहेका छन् । करीव ३२५ मूल्य पर्ने सुपर ग्राण्ड ब्याग भन्दै एक सय पनि नपर्ने PICS ब्याग वितरण गरेर पीडित किसानहरुलाई झन् पीडा थप्पे काम FAO ले गरिरहेको छ ।
किसानहरुलाई वितरण गरिएको सो व्यागका बारेमा FAO को नेपाली प्रतिनिधि डा. विनोद शाहलाई कृषि प्रतिनिधिले कुरा गर्दा उनले किसानहरुलाई ब्याग चाहिएको हो हामीले सहयोग गरेका हौं अरु कुरा तपाईलाई किन चाहियो भन्ने जवाफ दिएका थिए । FAO ले वितरण गरेको सो व्याग तीन महिना पनि नटिक्ने गुणस्तरहीन किन बाँडियो भन्ने प्रश्नमा उनले केही भन्न चाहेनन् । कृषि विकास मन्त्रालयका प्रवक्ता डा. उदयचन्द ठाकुर भने मन्त्रालयसँग समन्वय गरेर वा स्वीकृत लिएर यस्तो कार्य गरेको आफूलाई जानकारी नभएको बताउँछन् । मन्त्रालयसँग समन्वय नगरी र स्वीकृति नलिई किसानलाई कुनैपनि सहयोगका नाममा गुणस्तरहीन बीउ, भण्डारण व्यागहरु बाँडिए कार्वाही गरिने उनको तर्क छ । तर यतिखेर FAO ले बाँडेको भन्दै अन्य Care Nepal, ACf, Phasw Nepal लगायतले गुणस्तरहीन मानिएको PICS ब्याग किसानलाई वितरण गरिरहेका छन् । किसानहरुलाई वितरण गरिएको गुणस्तरहीन प्लाष्टिक व्यागलाई तत्काल नरोकिए यसले भविष्यसम्म असर पु¥याउने कृषि विज्ञहरुको भनाई रहेको छ । लाखौं रुपैयाँको कमिशन पाउने आशामा किसानहरुले उत्पादन गरेको कृषि उपज एवं वीउ भण्डारका लागि नक्कली भण्डारण व्याग वितरण गर्ने गैरसरकारी संस्थाहरुलाई कार्वाही गर्न मन्त्रालय अग्रसर हुनु पर्नेमा कृषि विज्ञहरुले जोड दिएका छन् ।

प्रकाशित मिति: आइतवार, साउन १०, २०७२