शनिबार, बैशाख १५, २०८१

मुकुर्चीमा बन्यो कृषि उपज बजार केन्द्रको भवन

उदयपुर, असार १४ । जिल्लाको मध्यपश्चिमी क्षेत्रमा पर्ने रौता गाँउ विकास समितिम मुकुर्चीमा कृषि सेवा केन्द्रको भवन बनेको छ । ठेकेदार तुलसी निर्माण सेवा मुकुर्ची रौताले निर्माणको कुल लागत सात लाख ९३ हजार चारसय ९९ मा उक्त भवन बनेको हो ।
गएको जेठ ११ गते निर्माणको लागि सम्झौता भएर काम सुरु भएको भवनको काम समयमै सकिएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जानकारी दिएको छ । कार्यालयका प्रमुख तथा बरिष्ट कृषि विकास अधिकृत पवन गिरीले समयमै भवन निर्माणको काम सकिएको जानकारी दिदैँ सोही क्षेत्रका आसपासमा उत्पादन भएका कृषि जन्य उत्पादनहरुले बजरसम्म पुग्न सहज हुने बातए ।
प्रमुख गिरीका अनुसार जिल्ला यस आर्थिक वर्षमा चार वटा कृषिका भवन बनेका छन् । जसमा कटारी नगरपालिका, रौताको मुकुर्चीमा एक÷एक वटा, त्रियुगा नगरपालिकाको हवाईफिल्डमा दुईवटा गरी जम्मा चारवटा निर्माण भएको गिरीले बताए । उनले राष्ट्रिपति चुरे तराई मधेस संरक्षण विकास समिति लगायतबाट रकम प्रप्त भई निर्माण भएको पनि जानकारी दिए । बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: सोमवार, असार १४, २०७२