बिहिबार, बैशाख १३, २०८१

दुग्ध विकास संस्थानमा खिमबहादुर अध्यक्ष

काठमाडौं, १४ असार । कृषि विकास मन्त्रालय मातहतमा रहेको दुग्ध विकास संस्थानको सञ्चालन समितिको अध्यक्षमा खिमबहादुर थापालाई मन्त्रिपरिषद्को आजको वैठकले नियुक्त गरेको छ । यस अघिका अध्यक्ष पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीले विभागको कामसँगै संस्थानको जिम्मेवारीले थप कार्यभारका कारण बोझ भएको भन्दै आफूलाई अध्यक्षबाट हटाउन मन्त्रालयमा अनुरोध गरेका थिए ।
यतिखेर अध्यक्ष डा. केशवप्रसाद प्रेमी केही दिनका लागि फ्रान्समा पुगेका छन् भने यही समयमा सरकारले दुग्ध विकास संस्थानको अध्यक्षमा खिमबहादुर थापालाई ल्याएको छ ।

प्रकाशित मिति: सोमवार, असार १४, २०७२