बिहिबार, चैत्र १५, २०८०

भक्तपुरपछि धादिङमा बाली उपचार शिविर

bali

काठमाडौ,१३ असार । भूकम्प पीडितहरुले राहत नपाईरहेको भनिरहेका बेला बाली संरक्षण निर्देशनालय हरिहरभवन भने भूकम्प पीडित किसानहरु समक्ष बाली उपचार शिविर सञ्चालनलाई अभियान कै रुपमा अगाडि बढाईरहेको छ । अघिल्लो शनिबार भक्तपुरको झौखेलमा बाली उपचार शिविर सञ्चालन गरेको बाली संरक्षण निर्देशनाले फेरि धादिङ्गका भूकम्प पीडित किसानहरुको बाली विरुवामा लागेका विभिन्न प्रकारका रोगहरुको उपचारका लागि शिविर खडा गरेको हो ।
सो बाली उपचार शिविरबाट धादिङ्ग जिल्लाका करीव १ सय ५० घरपरिवार लाभान्वित भएको बताइएको छ । जिल्ला कृषि कार्यालय धार्दिङ्गको आयोजनामा बाली संरक्षण निर्देशनालयले बाली उपचार शिविर सञ्चालन गरेको हो । सो शिविरमा बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्मा लगायतका कर्मचारीहरु धार्दिङ्ग पुगेर किसानहरुको समस्या समाधान गर्न लागि परेका थिए ।

प्रकाशित मिति: आइतवार, असार १३, २०७२