शुक्रबार, बैशाख २१, २०८१

च्याउखेतीलाई अत्याधुनिक बनाउन आग्रह

काठमाडौं  ५, असार। । कृषि विकास मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता उदयचन्द ठाकुरले अत्याधुनिक किसिमले व्यवसायिक रुपमा च्याउखेती गर्न सकेमा नेपालको अर्थतन्त्रको विकासमा समेत ययसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । यसका लागि च्याउखेतीमा संलग्न किसानहरुलाई आफूले गर्दै आईरहेको खेतीलाई व्यवसायिकतातिर मोड्न पहल गर्नु पर्ने बताए । त्यसका लागि कृषि मन्त्रालयले सक्दो सहयोग गर्ने समेत बताए । udaya
चन्द्रागिरी नगरपालिका( १७ स्थित बलम्बुमा आयोजना गरिएको दोस्रो राष्ट्रिय च्याउ परिकार महोत्सव( २०७२ लाई उद्घाटन गर्दै निमित्त सचिव ठाकुरले सो कुरा बताएका हुन् । लामो समयदेखि नेपालमा च्याउखेती गरिँदै आए पनि यस खेतीको अत्याधुनिक विकास तथा प्रवद्र्धन हुन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा सहभागी सरोकारवालाले समेत जोड दिएका थिए । च्याउखेतीलाई अत्याधुनिक प्रविधिमार्फत विकास गर्दै लैजानुपर्ने उनीहरुको तर्क थियो । च्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा उनीहरूले च्याउखेतीको व्यवस्थित विकास एवम् गुणस्तरीय च्याउको उत्पादन र निरन्तरता दिन नसकिएको भन्दै उनीहरूले निरन्तर सुधारभन्दा पनि नयाँ प्रविधिमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा च्याउ विज्ञ डा वैद्यनाथ महतोले गुणस्तरीय बीउको अध्ययन तथा अनुसन्धान गर्ने र च्याउखेतीसम्बन्धी तालिम दिने कार्यलाई निरन्तरता दिँदै प्रविधिमा विशेष जोड दिनुपर्ने बताए ।
हाल नेपालमा गोब्रे च्याउ, कन्ये च्याउ, सिताके च्याउ लगायतका च्याउको व्यवायिक रुपमा खेती हुँदै आईरहेको भएपनि त्यत्ति धेरै फस्टाउन भने सकेको छैन ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७२