शुक्रबार, बैशाख २१, २०८१

अलैँचीको बेर्ना नर्सरी स्थापना

पाँचथर, ५ असार । जिल्लामा रहेको अलैँचीको पुरानो बिरुवा विभिन्न रोग तथा प्रकोपका कारण मरेर सखाप भएपछि अहिले कृषकले नयाँ बिरुवा तयार पार्न नर्सरी स्थापना गर्न थालेका छन् ।
गानो कुहिने, छिर्के फुर्के तथा डढुवा रोगको कारण जिल्लाका अधिकांश कृषकले लगाएको अलैँचीको बिरुवा मरेर सखाप भएपछि रवि र याङ्नाम गाविसमा अलैँचीको नर्सरी स्थापना गरिएको हो । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्थापना गरिएको उक्त नर्सरीमा बिरुवा उम्रिन थालेको छ । नर्सरीबाट उत्पादित बिरुवा तीन वर्षमा मात्रै रोप्न मिल्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७२