शुक्रबार, बैशाख २१, २०८१

जुम्लाका किसानले लगाए उत्तम लसुन खेती

जुम्ला, ०५ असार । कृषि अनुसन्धान केन्द्र राजिकोट जुम्लामा ट्रायलका लागि ११ जातका लसुनको अनुसन्धान भैरहेको छ । ११ जातका लसुनको अनुसन्धान पछि सबै भन्दा उत्तम जातको लसुन कृषकको खेतबारीमा उत्पादनका लागि लैजाने उदेश्य रहेको केन्द्रले जनाएको छ । ट्रायलका लागि अनुसन्धान भैरहेको ११ जातका लसुनमध्य चाइनिज लसुन, काठ्माडौ लोकल, पोखरा, रोल्पा, दाङ र मुगु लोकल लगाएत लसुनका जातहरु रहेका छन् । लसुन अनुसन्धाका लागि आवाश्यक मात्रामा मल प्रयोग गर्नुका साथै जग्गाको आकार अनुसार लम्बाइ र १ मिटर ७५ सेमि चौडाइको प्लड निमार्ण गरी बोट देखि बोटसम्म १० सेमिको दुरीमा लसुनका गानाहरु रोपिने गरीएको छ । ११ वटै जातका लसुन प्रत्येक बर्षको भदौमा लगाएर असारमा उखेल्ने गरेको केन्द्रले जनाएको छ ।

अनुसन्धानका क्रममा हालसम्म चाइनिज र काठ्माडौ लोकल लसुनले सबैभन्दा बढि उत्पादन दिएको केन्द्रका प्राविधिक अधिकृत भिम बहादुर महतले बताउनु भयो । अन्य जातका लसुन भन्दा चाइनिज र काठ्माडौ लोकल जातका लसुनले एक रोपनिमा ५० देखि ६० केजि सम्म उत्पादन बढि दिने गरेको अनुसन्धानले देखाएको छ । हाल अनुसन्धानको कार्य चलिरहेकाले फाइनल अनुसन्धानको रेकर्ड अनुसार कुनै एक उत्तम जातको लसुन छनोट गरी सबै कृषकहरुमा पु¥याइने कृषि अनुसन्धान केन्द्र राजिकोटले बताएको छ । लसुनका पातहरु खाँदा गाना नबढ्ने हुनाले गाना संकलन गर्ने कृषकहरुले पात नखान पनि केन्द्रले अनुरोध गरेको छ । लसुन लगाएका खेतबारीमा कृषकले आवाश्यक सिँचाइका साथ प्रति रोपनि ६० डोका मल प्रयोग गर्नु पर्ने केन्द्रका प्राविधिक अधिकृत भिम बहादुर महतले बताउनु भयो । लसुन मसला बालि भएकाले यसमा चाँडै रोग तथा किसाले पनि आक्रमण गर्न नसक्ने उहाको भनाइ छ ।- श्याम बिसी

प्रकाशित मिति: शनिबार, असार ५, २०७२