सोमवार, बैशाख २४, २०८१

भूकम्प पीडितलाई सलोमको राहत

imageकाठमाडौं ५ जेठ । इजरायली थोंपा सिंचाइ प्रविधि किसानहरुलाई सिकाउँदै सो प्रविधि विस्तारमा क्रियाशील रहेको सलोम एग्रिकल्चर बालाजुले महाभूकम्पबाट पीडित सिन्धुपाल्चोकका १ सय ५० घरपरिवारलाई राहत वितरण गरेको छ । सलोम एग्रिकल्चरका प्रवन्ध निर्देशक श्रीकृष्ण अधिकारीको समेत उपस्थितिमा सिन्धुपाल्चोकका बढेगाउ गाविस तीनघरेका १५० घरघुरीलाई चामल, कम्वल लगायतका सामग्री वितरण गरिएको थियो । मकवानपुरको हेटौडा स्कूल अफ म्यानेजमेण्ट र सिन्धु समाज मकवानपुर संस्थासँग मिलेर सलोम एग्रिकल्चरले महाभूकम्पबाट पीडित किसानहरुलाइ सो राहत वितरण गरेको हो । बैशाख १२ गते लगतै पनि सलोम एग्रिकल्चरले नुवाकोटमा राहत वितरण गरेको थियो ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ५, २०७२