सोमवार, बैशाख २४, २०८१

भक्तपुरमा करीव तीन हजार खाद्यान्न नष्ट

भक्तपुर ५ , जेठ । विनाशकारी भूकम्पले भक्तपुरमा दुई हजार छ सय सात मेट्रिक टन खाद्यान्न र छ हजार दुर्इ ४२ मेट्रिक टन तरकारी नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालय भक्तपुरका प्रमुख पूर्ण ढुङ्गानाका अनुसार किसानले सञ्चित गरेको धान एक हजार एक सय २५, एक हजार ६२ आलु र चार सय २० मेट्रिक टन गहुँ भूकम्पबाट नष्ट भएको हो ।
त्यस्तै च्याउ उत्पादन भइरहेको एक सय ४० वटा प्लास्टिकका टनेल भूकम्पले भत्किँदा किसानको ५६ लाखभन्दा बढीको नोक्सान भएको छ । सयभन्दा बढी गोलभेँडा एवम् व्यावसायिक तरकारीका प्लास्टिक टनेलमा समेत भूकम्पले क्षति पुर्याएको छ । “यसले १० हजार व्यावसायिक किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्”–उनले भने ।
भूकम्पले पूर्ण तथा आंशिक क्षति पुगेका घरमा सर्वसाधारणले सञ्चय गरेको खाद्यान्नको भने कुनै लगत लिन नसकिएको उनले बताए । भूकम्पले भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको कृषि विकास कार्यालयको भवनमा समेत क्षति पुर्याएपछि कर्मचारीले टेन्टमार्फत सेवा दिइरहेका छन् ।
उनका अनुसार सरकारले जिल्लाका भूकम्पपीडित किसानलाई निःशुल्क धानको बीउसमेत दिने भएको छ । -रमेश गिरी 
प्रकाशित मिति: मङ्लबार, जेष्ठ ५, २०७२