शनिबार, बैशाख २२, २०८१

भूकम्पबाट करिब डेढ लाख पशुपक्षीको मृत्यु

भक्तपुर, २८ वैशाख । भक्तपुरमा विनाशकारी भूकम्पमा परेर एक लाख ४७ हजार ८४२ वटा पशुपक्षी मरेका छन् । करिब डेढ लाख पशुपक्षीको मृत्यु हुँदा रु १६ करोड १७ लाख पाँच हजारबराबरको क्षति भएको छ । पशुपक्षी मरेका छन् । पशुसेवा कार्यालयका प्रमुख डा बलबहादुर चन्दका अनुसार भूकम्पबाट सवैभन्दा बढी कुखुरा मरेको छ । जिल्लामा कुखुरा एक लाख ४७ हजार ४०० वटा मरेको छ भने अन्डा एक लाख ९८ हजार ९०० नष्ट भएको छ ।

यसैगरी बाख्रा २५८ वटा, गाई १३९, बङ्गुर २३, भँैसी १३ र भेडा नौ वटा मरेको छ । बजार मूल्यअनुसार रु १३ करोडको अन्य कुखुरा, रु दुई करोडको प्यारेन्ट कुखुरा, रु ६९ लाख ५० हजारको गाई, रु १२ लाख ९० हजारको बाख्रा, १८ लाखको अण्डा, रु ११ लाख ७० हजारको भैँसी, रु चार लाख ५० हजारको बङ्गुर र रु ४५ हजारको भेडा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २९, २०७२