शनिबार, जेष्ठ ५, २०८१

भूकम्पले दश अर्वको क्षति

काठमाडौं २८ ।विनाशकारी भूकम्पका कारण कृषि क्षेत्रतर्फ मात्रै दश अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको छ। कृषि विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक प्रतिवेदनअनुसार गत् १२ गते आएको भूकम्पका कारण खाद्यान्न, पशुपंक्षि, भौतिक पूर्वाधार गरेर यो मूल्यबराबरको क्षति भएको हो।मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाकाअनुसार २३ जिल्लामा पशुपंक्षितर्फ ६३ करोड मूल्यबराबरको क्षति भएको छ। जसमध्ये आठहजार ३१ वटा गाई र भैसी, १४ हजार चार सय ९५ वटा खसी, बाख्रा, वंगुर तथा एक लाख ४७ हजार दुई सय २२ वटा पंक्षि मारिएका छन्। त्यसैगरी ४० जिल्लामा आठ अर्ब ११ करोड ११ लाख ९१ हजार मूल्यबराबरको एक लाख ३५ हजार एक सय ८७ मेट्रिक टन खाद्यान्न नष्ट भएको छ। ‘भूकम्पमा परेर कृषितर्फ ठूलो क्षति भएको छ,’ सहप्रवक्ता शंकर सापकोटाले भने।

उनकाअनुसार भूकम्पका कारण सबैभन्दा बढी १४ जिल्ला काभ्रे, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुँगा, ललितपुर, धादिङ, सिन्धुली, रामेछाप, मकवानपुर, गोरखा, काठमाडौं, दोलखा र भक्तपुरमा क्षति पुगेको छ। मन्त्रालयकाअनुसार भूक पले गर्दा ९५ करोड मूल्यबराबरको कृषिका भौतिक संरचना नष्ट भएको छ। जसअनुसार देशभरमा गरेर एक सय ३३ वटा कृषिसम्बन्धि भवन पूर्ण रूपमा भत्केको छ भने दुई सय सातवटा भवन आंशिक रूपमा क्षति भएको छ।

 प्रार म्भिक प्रतिवेदनअनुसार १४ जिल्लामा एक लाख ३२ हजार मेट्रिक टन खाद्यान्न नष्ट भएको छ। ‘जसका कारण चालु आर्थिक बर्षमा ति जिल्लामा क म्तिमा दुई लाख मेट्रिक टन खाद्यान्न आवश्यक छ,’ सापकोटाले भने। सरकारले तत्कालका लागि पशुतर्फ भएको क्षतिलाई न्युनिकरण गर्न दुई करोड ५० लाख रूपैयाँ बिनियोजन गरेको छ।

भूकम्पमा परेर एक कृषि प्रसार अधिकृतको निधन, एक वेपक्ता अवस्थामा र तीनजना कर्मचारी घाइते भएका छन्। महाभूकम्पका कारण १४ जिल्लामा परेको प्रभावलाई न्युनिकरण गर्न सरकारले विभिन्न प्याकेजमा कार्यक्रम लैजाने तयारी पनि सुरू गरेको छ। यसका लागि क्षतिको यकिन विवरण संकलन गर्न तथा कार्ययोजना तयार पार्न मन्त्रालयको सहसचिबको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ। समितिलाई तत्कालिन, अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना बनाएर एक महिनाभित्रमा बुझाउन जि मेबारी दिइएको छ। कार्ययोजनाको आधारमा १४ वटा जिल्लामा बिशेष प्याकेज सञ्चालनमा ल्याइनेछ।सरकारले भूकम्पका कारण विभिन्न जिल्लामा लगाइएको मकैवाली र विभिन्न बालीका बीउ नष्ट भएको जनाएको छ। धानको बीउको व्याड राख्ने समय नजिकिदैं गएको अवस्थामा गएको भूक म्पका कारण १४ जिल्लामा धानको बीउको अभाव भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। सरकारले बीउ अभाव हुन नदिन कम क्षति पुगेको जिल्लाबाट स्वदेशी गुणस्तरीय बीउ संकलन गरेर बितरण गरिने जानकारी गराएको छ। ‘तर यस्तो विपद् अवस्थामा बिभिन्न बाटोबाट गुणस्तरहिन बीउ भित्रन सक्ने खतरा पनि त्यतिकै देखिएको छ,’ सापकोटाले भने। आ नै मुलुकको स्वदेशी तथा राष्ट्रिय बीउ विजन कम्पनीद्वारा उत्पादन गरिएका बीउ मात्र प्रयोग गर्न मन्त्रालयले अपिलसमेत गरेको छ।

यसैगरी क्षतिलाई न्युनिकरण गरेर राहत उपलब्ध गराउन सरकारले भारतसरकारसँग तत्कालै एक लाख मेट्रिक टन रसायनिक मल, तरकारीका बीउ, कृषि उपकरण, गाई, दूधको पाउडर, बेबी फुडलगायतका सामाग्री माग गरेको छ। ‘परराष्ट्र मन्त्रालयमार्फत भारतसरकारसँग ति सामाग्रीहरू माग गरेका छौ,’ सापकोटाले भने,’भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।’ राष्ट्रिय योजना आयोगका सदस्य डा। भारतेन्दु मिश्रले विपत्तिको समयमा सचेत भएर खाद्यान्न बालीको बीउ प्रयोग गर्न आग्रह गरे।

‘बाहिरबाट आएको बीउ गुणस्तरहिन हुनसक्ने भएकाले निक्कै ग िभर भएर प्रयोग गर्ने वेला आएको छ,’ उनले भने। यस्तो बेलामा बीउमा निक्कै चलखेल र कालोबजारी हुने भएकाले सकभर सरकारले बितरण गर्ने र स्वदेशमै किसानले उत्पादन गरेका बीउ मात्रै प्रयोग गर्दा उत्तम हुने उनले सुझाव दिए। बाली विकास निर्देशनालयका प्रमुख डिलाराज भण्डारीले १४ जिल्लामा धानको बीउको अभाव भएको जानकारी दिए। उनले किसानले राखेको बीउ नोक्सान भएको र बाँकी रहेका केही बीउ खाद्यान्नको अभावमा खानाको रूपमा प्रयोग गरिएकाले अभाव भएको बताए। उनले निस्शुल्क बीउ बितरण गर्न सरकारले तीन करोड रूपैयाँ बिनियोजन गरेको बताए।

राष्ट्रिय बीउ बीजन क पनीका प्रवन्ध निर्देशक धर्मराज अधिकारीले बीउको अभाव हुन नदिने जानकारी दिए। उनकाअनुसार क पनीसँग रहेको तीन हजार चार सय मेट्रिक टन र नीजि क्षेत्रसँग आठ सय ८० मेट्रिक टन धानको बीउ वितरण गरिनेछ। कृषि बिकास मन्त्रालयका पूर्व प्रवक्ता तथा बिज्ञ डा। हरि दाहालले भूक पका कारण कृषि क्षेत्रमासमेत ठूलो क्षति भएकाले सरकार, दातृ निकाय, गैरसरकारी संस्था संयुक्त रूपमा कार्ययोजना बनाएर राहतका कार्यक्रम ल्याउनुपर्ने माग गरे। उपभोक्तावादी प्रेमलाल महर्जनले बीउ र खाद्य पदार्थको कालोबजारी हुन सक्ने भएकाले सरकारी निकायलाई सचेत रहन आग्रह गरेका थिए। – अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: मङ्लबार, बैशाख २९, २०७२