आइतवार, बैशाख १६, २०८१

भूकम्पबाट रु ४९ करोडको पशुधन र रु दुई अर्बको खाद्यबाली क्षति

काठमाडौँ, २१ वैशाख । गत साता गएको विनाशकारी भूकम्पका कारण रु ४९ करोड बराबरको पशुधन र रु दुई अर्ब बराबरको खाद्यबाली क्षति भएको छ ।कृषि विकास मन्त्रालयले हालसम्म भएको पशुपक्षी तथा बाली नालीको क्षतिको विवरण सङ्कलन गरी उक्त क्षतिको प्रारम्भिक अनुमान गरेको हो ।

मन्त्रालयअन्तर्गत सङ्कलित भौतिक क्षतिको विवरणअनुसार हालसम्म ११४ भवन पूर्णरुपमा क्षति भएका छन् भने १४९ भवन आंशिकरुपमा क्षति भएका छन् । उक्त क्षति कुल अनुमानित रु ८९ करोड बराबरको रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव श्रीराम घिमिरेका अनुसार मन्त्रालयअन्तर्गतका निकायमा भएको क्षतिबाट कार्यालय सञ्चालनमा बाधा अड्चन पुगेका कारण जनताले पाउने प्रत्यक्ष सेवा उपलब्ध गराउन भोलिदेखि नै आवश्यक व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २१, २०७२