शुक्रबार, चैत्र १६, २०८०

महोत्तरीमा ६१ वटा गाईगोरु प्रहरीको नियन्त्रणमा

महोत्तरी, २३ वैशाख । सीमा नाका हुँदै अवैधरुपले भारततर्फ निकासी गर्न लागेको समयमा महोत्तरी प्रहरीले सिमा नाकाबाट ६१ वटा गाईगोरु नियन्त्रणमा लिएको छ । गएराति सीमा सुरक्षा कार्यालय खैरबन्नीबाट गएको सशस्त्र प्रहरीको टोलीले ५८ वटा गाई तथा नौवटा गोरु गरी ६१ वटा पशु नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायव निरीक्षक युवराज रिजालको कमाण्डमा गएको टोलीले अवैध रुपमा भारततर्फ तस्करी गर्न लागेको समयमा रु तीन लाख बराबरका गाई तथा गोरु पक्राउ गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट खैरबन्नीले जनाएको छ ।

महोत्तरीको गौशालाबाट खरिद गरी अवैध तरिकाले गाईगोरु भारत तर्फ पैठारी गर्न लागेको सूचना पाएपछि सो परिमाणका पशु नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक युवराज रिजालले जानकारी दिए । नियन्त्रणमा लिइएका गाई र गोरु गएराति नै जिल्ला भन्सार कार्यालय भिट्ठामोडमा पठाइएको सिमा सुरक्षा कार्यालय खैरबन्नीले जनाएको छ । महोत्तरीमा केही समययता अवैध रुपमा गाईगोरु तस्करीमा वृद्धि हँुदै गएको पाइएकोे छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २३, २०७२