शुक्रबार, चैत्र १६, २०८०

कैलालीका दुई गाविसका उत्कृष्ट कृषक पुरस्कृत

लम्की (कैलाली), २१ वैशाख । दिगो विकास समाज भजनीले आइतबार कैलालीको नारायणपुर र धनसिंहपुर गाउँ विकास समितिमा सञ्चालित कार्यक्रमको अनुगमन गरेको छ । अनुगमनमा कृषि सेवा केन्द्र टीकापुरका प्रमुख गौरीशङ्कर गुप्ता, पशुसेवा केन्द्र टीकापुरका प्रमुख हरिराम चौधरी, वल्र्डभिजनका नरेश ढुङ्गेल, सहकारी संस्थाका प्रतिनिधि, डिविएस कार्यसमितिलगायतको सहभागिता रहेको जीविकोपार्जन परियोजनाका कार्यक्रम संयोजक नरेश यादवले जानकारी दिए ।

अनुगमनपछि नारायणपुर गाविसको हलमा भएको कार्यक्रममा दुवै गाविसमा जीविकोपार्जन कार्यक्रमअन्तर्गत कृषि र पशुपालन गरिरहेका किसानको पहिचान गरी पुरस्कृतसमेत गरिएको थियो । कृषितर्फ नारायणपुरबाट सुनिता चौधरी, भुन्टी चौधरी र पशुपालनतर्फ फुलरानी चौधरी पुरस्कृत भएका छन् । त्यस्तै, धनसिंहपुरबाट कृषितर्फ वृजलाल चौधरी, बलराम चौधरी र पशुपालनतर्फ डम्बरा ठकुल्ला पुरस्कृत भएका छन् । धनसिंहपुर गाविसका सचिव पशुपति खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पशुसेवा केन्द्र टीकापुरका प्रमुख गौरीशङ्कर गुप्ता प्रमुख अतिथि  रहेकाथिए भने सञ्चालन जीविकोपार्जन परियोजनाका संयोजक नरेश यादवले  गरेकाथिए ।

प्रकाशित मिति: सोमवार, बैशाख २१, २०७२