शुक्रबार, बैशाख २१, २०८१

सर्लाहीको चिनी उद्योगमा बन्द हुँदै

सर्लाही, ४ वैशाख । हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु अभाव भएको छ । मङ्सिर अन्तिम साता सञ्चालनमा आएको सो उद्योगमा विगत छ दिनदेखि उखु अभाव भएको हो । उखु अभावका कारण दिनमा १२ घन्टामात्र उद्योग सञ्चालन हुने गरेको प्रबन्धक योगनारायण रजकले जानकारी दिएका छन् । “उखु अभावका कारण उद्योगले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ” उनको भनाई रहेको छ ।
बिहीबारसम्म ३६ लाख ७५ हजार क्विन्टल उखु पेल्ने काम गरिसकेको उनले बताए । “अब ५० देखि ६० हजार क्विन्टल उखु बाँकी रहेको छ” प्रबन्धक रजकले जानकारी दिए । आगामी सोमबारपछि उद्योग बन्द गर्ने तयारी गरिरहेको समेत उनले बताए ।
सर्लाहीमा सञ्चालनमा रहेका दुई वटा चिनी उद्योग मध्य पश्चिम धनकौलस्थित अन्नपूर्ण उद्योग गत चैत दोस्रो साता नै उखु अभावमा बन्द भइसकेको छ । जिल्लामा साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखुखेती गरिएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ४, २०७२