शनिबार, बैशाख १५, २०८१

सप्तरीमा यस वर्ष २.५ प्रतिशत गहुँ उत्पादनमा बृद्धि

सप्तरी, ५ चैत्र । मौसम अनुकुल भएका कारण विगतका वर्षहरुमा भन्दा यो वर्ष सप्तरी जिल्लामा गहँु उत्पादन बृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष गहुँ उत्पादन प्रति हेक्टर मेट्रिक टन २.५ प्रतिशतले बृद्धि भएको हो । गहुँबाली लगाएदेखि नै मौसम अनुकुल रहनुका साथै हावा, हुरी र असिनाले खासै असर नगरेपनि बेमौसमी बर्षाका कारणले उत्पादनमा समस्या भएको जिल्ला विकास कार्यालय सप्तरीले जनाएको छ । गहुँ खेतीका लागी कमाण्ड एरिया २४ हजार हेक्टर रहेकोमा यसपाली गहुँ बाली लगाईएको थियो । कोशी पश्चिमी र कोशी पम्प चन्द्र नहरमा समयमा पानी दिईए आउँदा वर्षहरुमा उत्पादन अझ बढ्ने कृषि विकास कार्यालयका बाली विकास अधिकृत विद्यासागर यादवले जानकारी दिए ।- बिदुर कटुवाल

प्रकाशित मिति: शनिबार, बैशाख ५, २०७२