शनिबार, बैशाख १५, २०८१

बाख्रा पालनका लागि घुम्ती कोष

म्याग्दी, २ वैशाख । गाउँघरका महिलालाई आयआर्जनको काममा सहभागी गराउने उद्देश्यले पाँच गाविसमा घुम्ती कोष स्थापना गरिएको छ । जिल्ला विकास समितिको सहयोगमा महिला आयआर्जन कार्यक्रम सञ्चालन गर्न अर्मन, भकिम्ली, गुर्जा, मुदी र मुना गाविसमा रु एक लाखको कोष स्थापना भएको हो ।
कोषको रकम पाँच समूहका महिलालाई प्रतिसमूह रु २० हजारका दरले वितरण गरिएको छ । कोष आयआर्जन समूहमा आबद्ध महिलालाई वार्षिक बिनाब्याजमा फिर्ता हुने गरी मागका आधारमा लगानी गर्ने व्यवस्था मिलाइएको छ ।
घुम्ती कोषको रकमबाट बाख्रा, बङ्गुर, कुखुरापालन जस्ता आयआर्जनका काममा लगाइने महिला समुहकी सदस्य अमृतदेवी बानियाँले बताएकी छिन् ।

प्रकाशित मिति: बुधबार, बैशाख २, २०७२