सोमवार, बैशाख २४, २०८१

किसानले समयमै मल पाउने

fartilizerमोरङ ३० चैत । कृषकले यस वर्ष समयमै मल पाउने भएका छन् । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडले समयमै आयात गरेपछि किसानलाई यो वर्ष मल अभाव नहुने भएको हो । हालसम्म युरिया, डिएपी गरी १५ हजार मेट्रिक टन मल आयात गरिएको कम्पनीले जनाएको छ । थप १५ हजार मेट्रिक टन मल आउने क्रममा रहेको छ । पूर्वाञ्चलका लागि युरिया, डिएपी र पोटास गरेर कुल ४४ हजार मेट्रिक टन आयात गरिन लागेको कार्यालयले जनाएको छ ।
कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक अजय कुरमा श्रीवास्तवका अनुसार गत वर्ष कार्यालयले ३७ हजार ९०० बिक्री गर्ने लक्ष लिएकोमा ४३ हजार १९६ मेिट्रक टन मात्र बिक्री गरेको थियो ।

प्रकाशित मिति: सोमवार, चैत्र ३०, २०७१