शुक्रबार, बैशाख २१, २०८१

कञ्चनपुरमा गहुँ उत्पादन बढ्ने

कञ्चनपुर, २३ चैत । यस वर्ष दार्चुलामा गहुँको उत्पादन १० प्रतिशतले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गहुँ छर्ने बेलादेखि समयसमयमा वर्षा भएकाले यस वर्ष गहुँको उत्पादन बढ्ने कार्यालयका कृषि प्रसार अधिकृत इन्द्रसिंह ठगुन्नाले बताएका छन् ।
विगतका वर्षमा वर्षा नहुने तथा गहुँमा सिन्दुरे रोग लाग्ने गरेकामा यस वर्ष गहँुबालीमा कुनै किसिमको रोग नलागेको उनले जानकारी दिए । गत वर्ष जिल्लामा १३ हजार ६९७ मेट्रिकटन गहुँ उत्पादन भएकाको थियो । यस वर्ष १० प्रतिशत वृद्धिले जिल्लाको खाद्य सङ्कट केही मात्रामा भए पनि कम हुने अधिकृत ठगुन्नाको दाबी छ ।
जिल्लाभरि सात हजार ९६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा उन्नत जातको चार हजार ५०० हेक्टरमा तथा स्थानीय जातको गहुँ तीन हजार ४६५ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २३, २०७१