शनिबार, बैशाख २२, २०८१

जुनार विक्रीबाट १० करोड

रामेछाप, १८ चैत । रामेछापमा यस बर्ष जुनार बिक्रीबाट १० करोड आम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ ।
जिल्लाको ओख्रेनी, सुकाजोर, रामपुर, रामेछाप, सालु, फुलासी,डढुवा, सुनारपानी गाविसबाट १० करोड बराबरको जुनार बिक्री भएको प्रबिधिक सहायक हिमाल भुसालले जानकारी दिए ।
११ हजार हेक्टरमा लगाईएको जुनार खेतीबाट १३ हजार ३ सय ३२ मेट्रिकटन उत्पादन भएको उनको भनाई छ । जिल्लाको नगदेबालीको रुपमा मानीने जुनार ८ सय देखी १४ सय मिटरको उचाई भएका क्षेत्रमा फल्ने गर्दछ ।

प्रकाशित मिति: बुधबार, चैत्र १८, २०७१