बिहिबार, बैशाख १३, २०८१

विषादी रहित उत्पादन गरौ

कविता

माटो र धुलोमा खेल्दै, बाँझो जोत्दै गर्दा,
प्राङ्गारीक मल छर्दै, मकैको ठेट्ना टोक्दा,
झसङ्ग मन झस्कन्छ र कहाली लाग्दछ ,
रोग व्याधी नष्ट गर्न छिमेकीले विष छर्दा ।

आफ्नै खेत बारीका स्वच्छ उत्पादनहरु,
आफ्नै हातको परिश्रमको मिठो फल,
विषादी रहित बाली नाली र उपभोग,
नगरौ अव खेती पातीमा विषको प्रयोग ।

एक्लै विष पिउनेहरु, आफू एक्लै मर्दछन ,
अन्न वाली, उत्पादनमा विष मिसाउनेहरुले,
मस्तीष्क, फोक्सो, कलेजो निष्क्रीय पार्दछन,
हजारौ हजार जिब र मानीसहरु मार्दछन ।

विषादी बिषै हो, विष राख्नु अपराध हो,
हामी सबैले वुझ्नु र वुझाउनु पर्दछ,
विषादी रहित उत्पादन प्रयोग गरौ,
व्यक्ति, गाँउ, टोल सवैले सहयोग गरौ ।

–ध्रुव प्रसाद गजुरेल

प्रकाशित मिति: बुधबार, चैत्र १८, २०७१